News Griha :: न्यूजगृह
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह उनले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको कानुनी अड्चन हटाउन प्रधानमन्त्री दाहाललाई आग्रह पनि गरे।  काठमाडौं र ललितपुर परस्पर सम्बन्ध भएका महानगरपालिकाहरू भएको भन्दै काठमाडौं, ललितपुरसँगै उपत्यकाकै विकास एकैसाथ हुनुपर्नेमा उनले जोड दिए । 
माल्दिभ्सले भारतसँगको जलविद्युत सम्झौता रद्द गर्ने
माल्दिभ्सले भारतसँगको जलविद्युत सम्झौता रद्द गर्ने माल्दिभ्समा नयाँ सरकार बनेपछि भारतसँगको सम्बन्धमा दरार बढ्दै गएको छ । यसअघि त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्न भनेका माल्दिभ्सका नयाँ राष्ट्रपति मोहमद मोइज्जुले भारतसँग सन् २०१९ मा भएको  जलविद्युत सम्झौता (हाइड्रोग्राफिक सर्भे एग्रिमेन्ट) तोडेको घोषणा गरेका छन् । यो सम्झौता ७ जुन  २०२४ मा नवीकरण हुने थियो ।
बोका चोरेको आरोपमा २ जना पक्राउ
बोका चोरेको आरोपमा २ जना पक्राउ गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका- ५ बर्दबासकी विष्णुकुमारी जोगी कुँवरको खोरबाटै बोका चोरी भएको थियो । त्यसपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । 
कुवेतका अमिरको निधनमा आज नेपालले शोक मनाउँदै
कुवेतका अमिरको निधनमा आज नेपालले शोक मनाउँदै कुवेतका अमिर शेखको निधनमा सोमबार नेपालले शोक मनाउँदै छ ।कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको शनिबार ८६ वर्षको उमेरमा निधन भएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा सोमबार शोक मनाउने निर्णय गरेको थियो ।
आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, चिसोबाट बच्न सतर्क रहन आग्रह
आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, चिसोबाट बच्न सतर्क रहन आग्रह हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
हत्या विदेशमा पक्राउ नेपालमा?, यस्तो छ घटना
हत्या विदेशमा पक्राउ नेपालमा?, यस्तो छ घटना मृतकको श्रीमतीको जाहेरी लिई अनिलविरुद्ध ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस विषयमा काठमाडौं प्रहरीले मलेसियन प्रहरी र मलेसियास्थित नेपाली दूतावाससँगसमेत समन्वय गरिरहेको छ । 
बाजुरामा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु
बाजुरामा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए ।
बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत भएन
बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत भएन गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरूको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो ।
किशोरी बलात्कार अभियोगमा माओवादी नेता पक्राउ 
किशोरी बलात्कार अभियोगमा माओवादी नेता पक्राउ  काठमाडौं महानगरपालिका– ३२ मा बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई प्रहरीले गत साता पक्राउ गरेको हो । पीडित १७ वर्षीया किशोरी देवकोटाकै घरमा बस्दै आएकी थिइन् ।
सिभिल इन्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून
सिभिल इन्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून स्नातक तहको इन्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स विषयका तुलनामा मेकानिकल र जिओम्याट्रिक्समा विद्यार्थीको आकर्षण कम देखिएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बीई), (बीआर्क) तहको प्रवेश परीक्षामा सफल भएकामध्येबाट पूर्ण छात्रवृत्ति दिइने सिभिल इन्जिनियरिङअन्तर्गत पुल्चोक क्याम्पसमा १०८ स्थान (कोटा) रहेकामा एक स्थान मात्र भर्ना हुन बाँकी छ...
सडक अवरुद्ध गर्ने गाउँपालिका उपाध्यक्ष पक्राउ
सडक अवरुद्ध गर्ने गाउँपालिका उपाध्यक्ष पक्राउ सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल पनि हुन् । पोख्रेल मृतकका आफन्त हुन् । 
पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १८ यात्रु घाइते
पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १८ यात्रु घाइते पोखरा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना भएको छ । आइतबार बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो ।
Weather Update