News Griha :: न्यूजगृह
टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु
टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका- १० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली छन् । मैनाली चढेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई शुक्रबार राति पौने ११ बजे मध्यपुरथिमि नगरपालिका- २ स्थित सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा ४ ख २३४७ नम्बरको टिपरले ठक्कर दिएको थियो...
मेलम्चीको पानी अझै अनिश्चित, काठमाडौंवासी आक्रोशित
मेलम्चीको पानी अझै अनिश्चित, काठमाडौंवासी आक्रोशित तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालमा चुनावी भाषणमा आफूलाई जिताए मेलम्चीको पानी ल्याइदिने प्रतिवद्धता गरेपछि यसले सार्वजनिक चर्चा पाएको थियो । त्यसयता यो आयोजना निरन्तर राजधानीबासीको चासो र प्राथमिकतामा छ । सरकारले २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेपछि आयोजना अघि बढेको थियो । पछि एसियाली विकास बैंकसँग ऋण...
१६ सीडीओ र ८ सहसचिवको सरुवा तथा पदस्थापन, को कहाँ? [सूचीसहित]
१६ सीडीओ र ८ सहसचिवको सरुवा तथा पदस्थापन, को कहाँ? [सूचीसहित] गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एक महानिर्देशकको सरुवा गरेको छ। ८ जना सहसचिवको भने पदस्थापना गरेको छ । शुक्रबार गृह मन्त्रालयले सूची निकाल्दै सीडीओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरुवा भएको जानकारी दिएको हो। 
आज काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने
आज काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकोले काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।
गेटा मेडिकल कलेजमा अनशन बस्न नपाएपछि 'देखाइदिने' भन्दै फर्किए डा. केसी
गेटा मेडिकल कलेजमा अनशन बस्न नपाएपछि 'देखाइदिने' भन्दै फर्किए डा. केसी आमरण अनशन बस्न कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेज पुगेका डा. गोविन्द केसी र स्थानीय संघर्ष समितिबीच विवाद भएको छ । गेटा मेडिकल कलेजमा अनशन बस्न काठमाडौंबाट जहाज चढेर धनगढी पुगेका केसीलाई संघर्ष समितिका सदस्यहरूले फर्काइदिएका हुन् ।
६ महिनादेखि बेपत्ता व्यक्तिको कंकाल भेटियो, आफन्तले गरे सनाखत
६ महिनादेखि बेपत्ता व्यक्तिको कंकाल भेटियो, आफन्तले गरे सनाखत जिल्ला प्रहरी कार्यालय डीएसपी राजकुमार श्रेष्ठका अनुसार शुक्रबार दिउँसो आफन्तले उक्त शवको सनाखत गरेका हुन् । घाँस दाउरा काट्न गएका स्थानीयले जङ्गलमा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल सहित घटनास्थलमा घडी र मोबाइल पनि फेला परेपछि प्रहरीले पहिचानका लागि बेपत्ता रहेका व्यक्तिका आफन्तलाई बोलाएको थियो ।
आजको मौसम : हल्का हिमपातको सम्भावना
आजको मौसम : हल्का हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 
सेनाको रथी पदमा बढुवा भएका अशोकराज सिग्देलले लगाए दर्ज्यानी चिन्ह
सेनाको रथी पदमा बढुवा भएका अशोकराज सिग्देलले लगाए दर्ज्यानी चिन्ह २०२३ साल माघ १९ गते कपिलवस्तुमा जन्मिएका रथी सिग्देल २०४३ साल फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ साल जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।
प्रधानमन्त्रीकी नातिनीको भड्किलो बिहे, कानुनले तोकेकोभन्दा धेरै सहभागि
प्रधानमन्त्रीकी नातिनीको भड्किलो बिहे, कानुनले तोकेकोभन्दा धेरै सहभागि कम्युनिस्ट नेताको परिवारमा भड्किलो विवाह भएको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ । विवाहको समारोहमा कानुनले तोकेकोभन्दा बढी मानिसलाई निम्ता दिइएकाले प्रधानमन्त्री र स्थानीय सरकारको प्रमुख कै परिवारले देशको कानुन पालना नगरेकोमा प्रश्न पनि उठेको हो ।
पूर्वगृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि थुनामुक्त
पूर्वगृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि थुनामुक्त उच्च अदालत पाटनले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । बिहीबार न्यायाधीश कृष्णप्रसाद कोइरालाले खाणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो । 
ग्रिस पठाइदिने प्रलोभनमा पारेर १३ लाख ठगी गर्ने होमबहादुर पक्राउ
ग्रिस पठाइदिने प्रलोभनमा पारेर १३ लाख ठगी गर्ने होमबहादुर पक्राउ ग्रिस पठाइदिने प्रलोभनमा पारेर रकम ठगी गर्ने १ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–४ बागडोल बस्ने ५० वर्षीय होमबहादुर तामाङ छन् । 
चौधरी ग्रुप स्वामित्वको दूरसञ्चार कम्पनी सीजी टेलिकमको लाइसेन्स खारेज
चौधरी ग्रुप स्वामित्वको दूरसञ्चार कम्पनी सीजी टेलिकमको लाइसेन्स खारेज चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्स खोजिरहेको कम्पनीले समयमा नवीकरणका लागि आवेदन नदिँदा लाइसेन्स स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरण स्रोतले जनाएको छ ।
Weather Update