६ महिनादेखि बेपत्ता व्यक्तिको कंकाल भेटियो, आफन्तले गरे सनाखत

काभ्रे— पनौती नगरपालिका- ५ चौकोटको जङ्गलमा एक जना पुरुषको कंकाल भेटिएको छ ।
सडेर कंकाल मात्रै बाँकी भएको उक्त शव पनौती नगरपालिका- ६ घर भएका ५२ वर्षीय रामशरण हुमागाईँको भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डीएसपी राजकुमार श्रेष्ठका अनुसार शुक्रबार दिउँसो आफन्तले उक्त शवको सनाखत गरेका हुन् । घाँस दाउरा काट्न गएका स्थानीयले जङ्गलमा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
कंकाल सहित घटनास्थलमा घडी र मोबाइल पनि फेला परेपछि प्रहरीले पहिचानका लागि बेपत्ता रहेका व्यक्तिका आफन्तलाई बोलाएको थियो ।
मोबाइल, लुगा र घडी मार्फत आफन्तले उक्त शव आफन्तले हुमागाईँको भएको भएको पहिचान गरेका डीएसपी श्रेष्ठले बताए । हुमागाईं ६ महिनादेखि बेपत्ता थिए ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८० ०६:१३













