१६ सीडीओ र ८ सहसचिवको सरुवा तथा पदस्थापन, को कहाँ? [सूचीसहित]
![१६ सीडीओ र ८ सहसचिवको सरुवा तथा पदस्थापन, को कहाँ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/home-minister-of-nepal-griha-mantralaya-new-1699088703.jpg)
काठमाडौं— गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एक महानिर्देशकको सरुवा गरेको छ। ८ जना सहसचिवको भने पदस्थापना गरेको छ ।
शुक्रबार गृह मन्त्रालयले सूची निकाल्दै सीडीओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरुवा भएको जानकारी दिएको हो ।
जिल्ला प्रशासन पाल्पामा कार्यरत सीडीओ बन्धुप्रसाद बास्तोला झापा, कपिलवस्तुका शंकरहरि आचार्य सुर्खेत, सुर्खेतका नारायण प्रसाद सापकोटा भोजपुर, भोजपुरका हरिप्रसाद घिमिरे उदयपुर र उदयपुरका जनार्दन गौतम तनहुँमा सरुवा भएका छन् ।
गृह मन्त्रालयमा कार्यरत सहसचिव आनन्द काफ्लेको जिल्ला प्रशासन कार्यालय पाल्पामा पदस्थापना भएको छ ।
यस्तै, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सरुवा भएका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८० ०९:०६













