News Griha :: न्यूजगृह
आजको मौसम : हल्का हिमपातको सम्भावना

काठमाडौं— हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आइतबार भने लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०५:५५
Weather Update