पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १८ यात्रु घाइते

काठमाडौं— पोखरा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना भएको छ ।
आइतबार बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो ।
मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ओभरट्याक गर्ने क्रममा बसको दाहिनेतर्फको टायर सडकबाट तल खसेको थियो। बस दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।
प्रकाशित मिति: आइतबार, पुस १, २०८० ११:०९













