News Griha :: न्यूजगृह
बाँकेको कोहलपुरमा टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते 

काठमाडौं— बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवा नजिकै टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।

सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिपरले ठक्कर दिँदा १३ जना घाइते भएका हुन् । 

घाइते हुनेमा ३१ वर्षीया सुनिता नेपाली,  ३६ वर्षीय रमेश थारू, ४७ वर्षीय प्रेम चदारा छन् । त्यस्तै २० वर्षीया अन्जु चौधरी, ३९ वर्षीया कमला कुमारी देवकोटा, ३१ वर्षीया अप्सरा बुढाथोकी, २० वर्षीया सपना परियार घाइते भएकी छन् । यस्तै ५० वर्षीया विष्णुकला खत्री, २० वर्षीय प्रशान्त विष्ट, ३० वर्षीय करण डडेल, ४० वर्षीया टीका कुमारी डीसी , ५८ वर्षीय पठे एरी र  चालक २७ वर्षीय प्रदीप बिक घाइते भएका छन् । 

घाइतेमध्ये ७ जना सामान्य उपचार गरेर घर फर्किइसकेका छन् भने बाँकीको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १४:४७
Weather Update