News Griha :: न्यूजगृह
मनहरीमा जङ्गली हात्तीको आतंक
फाइल तस्बिर ।

मकवानपुर— मकवानपुरको मनहरीमा जङ्गली हात्तीले आतंक मच्चाएको छ ।

मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतंक मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ । गएराति आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरुपमा क्षति भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार राति नै स्थानीय रामबहादुर तामाङको गोठमा हात्तीले आक्रमण गर्दा आंशिकरूपमा क्षति पुगेको छ ।  प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १४:१६
Weather Update