News Griha :: न्यूजगृह
प्रश्नपत्र दिने बहानामा छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ

रामेछाप लिखु-तामाकोशी गाउँपालिका –७  मा रहेको नवदर्शन माध्यमिक विद्यालयका  शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक सार्कीलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए । पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका लागि जाहेरी दिएकी थिइन् । 

प्रहरीका अनुसार शिक्षक सार्कीले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र दिने बहानामा छात्रामाथि यौन दुर्व्यवहार गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०६:५६
Weather Update