News Griha :: न्यूजगृह
पाँच लाख घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयको टोलीले सेवाग्राहीसँग घुस लिएको आरोपमा बाराको जितपुर-सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा कार्कीलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले वडाध्यक्ष कार्कीलाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा कार्की पक्राउ परेका हुन्  । उनको साथबाट सेवाग्राहीले दिएको पाँच लाख रुपैयाँ घुस रकमसमेत अख्तियार टोलीले बरामद गरेको छ ।

वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि जग्गा व्यवसायीसँग पाँच लाख रुपैयाँ घुस मागेको दाबी अख्तियारको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १९:३०
Weather Update