News Griha :: न्यूजगृह
२५ किलो चरेससहित काठमाडौंबाट २ जना पक्राउ
बरामद चरेस । फाइल तस्बिर

काठमाडौं— प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको बलम्बुबाट २५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । चरेसको कारोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा धादिङको गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र कान्छा तामाङ छन् । ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले भने, 'सुराकी पाएपछि शुक्रबार राति नै टोली परिचालन गरिएको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।'

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०६:४५
Weather Update