News Griha :: न्यूजगृह
छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयो

काठमाडौं—  आज पुस १ गते ।  काठमाडौंमा छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले छैटौँ राष्ट्रिय झण्डा दिवस मनाएको हो ।  नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍यालीसमेत निकालेको हो । र्‍याली  बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो । 

नेपालमा २०७५ साल पुष १ गतेबाट नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो ।

२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसङ्घमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए । 

‘नेपालीलाई नै झण्डाको एउटा महत्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौँ । युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस शुरु गरिएको हो ।’ उनले भने, ‘ नेपाली झण्डाको गरिमा र यसको प्रयोगबारे विश्वमा जानकारी दिनका लागि हामी यो दिवस मनाउँदै आएका छौँ,’
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ११:००
Weather Update