आयोजना
आगामी शनिबारदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

चितवन— आगामी शनिबारदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि पुस ७ गतेदेखि ३ हप्तासम्म बिहान ११ बजेदेखि ३ बजेसम्म सडक हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरूको बैठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेसन तयार गर्ने निर्णय गरेको छ ।
अघिल्लो वर्षपनि सो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेबाट नै सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । यो वर्ष पनि पुस ७ गतेदेखि ३ हप्तासम्म ४ घण्टा सडक बन्द गरेर काम गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
सडक आयोजनाले सो सडक खण्डमा प्याकेज बनाएर पुल निर्माणको काम अघि बढाइरहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १, २०८० ०६:२९













