News Griha :: न्यूजगृह
विवाह पञ्चमीको अवसरमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं— मधेस प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

विवाहपञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो ।

मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ । मुख्यमन्त्री सरोजकुमार यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०६:३५
Weather Update