News Griha :: न्यूजगृह
अदालतमा ३० लाख बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरणले माग्यो १५ लाख धरौटी

काठमाडौं— नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ लाख धरौटी मागेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको फैसलाले ३० लाख धरौटीमा छुटेका खाण थप मुद्दाको सिलसिलामा विभागमा पुर्‍याइएका थिए । विभागमा बयानपछि १५ लाख धरौटी मागिएको छ । खाणले जग्गा धितो राखेर बैंक ग्यारेन्टी पेस गरेका छन् ।

सम्पत्ति शुद्धीकरणपछि अब खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिँदैछ । अख्तियारको आदेशपछि खाण शुक्रबारै रिहा हुने वा नहुने यकिन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १६:१६
Weather Update