तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा धनुषामा २ जनाको मृत्यु, एक जना गम्भीर घाइते

काठमाडौं— धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते छन् ।
मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका– ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका– १ का ३० वर्षीय जयकुमार सहनी छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका– १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् ।
उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । शुक्रबार बिहान करिब ३ बजेको समयमा जनकपुरधामबाट ढल्केबर जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका– ४ सपहीस्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको डीएसपी अवाले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० ०९:०५