सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

काठमाडौं— उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
श्रीराम टोबागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म काठमाडौं महानगरको मंसिर १२ को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १५:५८













