News Griha :: न्यूजगृह
यी देशमा छ महिनावारी बिदा

काठमाडौं— लुम्बिनी प्रदेश सभाले प्रदेश निजामती ऐनमा महिला कर्मचारीका लागि ‘महिनावारी’ बिदा दिने निर्णय पारित गरेसँगै सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ । सुरुमा सामाजिक सञ्जालमा जानकारीका रुपमा राखेका धेरै महिलाहरूले बिदाको पक्षमा वकालत गरिरहेका छन् ।

एकथरिले ‘महिनावारी’ बिदा प्रदेश सरकारको महिलालाई कमजोर बनाउने प्रयास भएको भन्दै आलोचना गरिरहेका छन् । अर्काथरिले महिलाको नियमित रुपमा हुने महिनावारीको विषयलाई प्रदेश सरकारले बुझेको भन्दै प्रशंसा गरिरहेका छन् ।

धेरै महिलाहरूलाई महिनावारी पीडादायी हुन्छ भन्ने बुझेर नै यही समयमा आराम गर्नका लागि विश्वका केही देशहरूले महिनावारी बिदा दिने कानुन ल्याएका छन् ।

यस्तो छ विश्वव्यापी स्थितिको एक सारांश : 

स्पेनः युरोपमा पहिलो

वामपन्थी सरकार रहेको स्पेनले मस्यौदा नै तयार पारेको छ । जसमा महिलालाई महिनावारी बिदा दिने उल्लेख गरिएको छ । तर, चिकित्सकको सिफारिस भने अनिवार्य गरिएको छ । त्यहाँ महिनावारी बिदाका लागि कुनै समयसीमा भने तोकिएको छैन ।

‘अब दुखाइको साथ काम गर्न जानु पर्दैन, काममा पुग्नुअघि चक्कीहरू लिनु हुँदैन र हामीलाई काम गर्न नसक्ने पीडामा छौं भन्ने तथ्य लुकाउनु पर्दैन,’ स्पेनका समानता मन्त्री इरेन मोन्टेरोले भने । 

स्पेनको उक्त विधेयकको युनियनहरूले भने आलोचना गरेका छन् । महिलाहरूको महिनावारी बिदाले रोजगारदाताहरूलाई काममा पुरुषहरूलाई प्राथमिकता दिन प्रेरित गर्ने युनियनको दावी रहेको छ ।

इन्डोनेसियाः प्रति चक्र दुई दिन

इन्डोनेसियाले सन् २००३ मा एक कानुन पारित गर्यो जसमा महिलाहरूलाई प्रति महिना दुई दिन महिनावारी बिदामा बस्ने अधिकार बनाएको थियो । तर, यो व्यवस्था व्यवहारमा स्वेच्छाचारी  रहेको पाइएको छ ।

धेरै रोजगारदाताहरूले महिनामा एक दिन मात्र अनुमति दिन्छन् । अन्यले कुनै पनि महिनावारीमा बिदा दिँदैनन्, अर्थात् त्यहाँ महिनावारी बिदासम्बन्धी कानुनलाई बेवास्ता गरिएको छ ।

जापानः १९४७ मै कानुन

जापानमा १९४७  भन्दा पहिले नै महिनावारी बिदा दिने कानुन बनेको छ । उक्त कानुन अनुसार महिलाहरूलाई महिनावारीको बिदाको लागि अनुरोध गरेमा उनीहरूलाई आवश्यक भएसम्मका लागि दिन सहमत हुनुपर्ने छ ।

यसले उनीहरूलाई मासिक धर्म बिदाको समयमा भुक्तान गर्न आवश्यक छैन । २०२० मा श्रम मन्त्रालयले गरेको सर्वेक्षण अनुसार ३० प्रतिशत जापानी कम्पनीहरूले पूर्ण वा आंशिक तलब प्रस्ताव गर्ने भएकाले थोरै मात्र महिला बिदामा बस्ने गरेका छन् ।

दक्षिण कोरियाः महिनामा एक दिन

दक्षिण कोरियामा महिलाहरू महिनावारी बिदाका लागि महिनामा एक दिन बिदा पाउँछन् । त्यहाँ महिलालाई महिनावारी बिदा नदिने कम्पनीहरूले ३ हजार ८४४ अमेरिकी डलरसम्म जरिवाना तिर्छन् ।

ताइवानः प्रतिवर्ष तीन दिन

ताइवानमा रोजगारीमा लैङ्गिक समानताको ऐनले महिलाहरूलाई प्रति वर्ष तीन दिनको महिनावारी बिदा दिन्छ । जुन वैधानिक रूपमा ३० दिनको नियमित बिरामी बिदाबाट कटौती हुँदैन ।

महिलाहरूले कुनै पनि महिनामा एक दिन मात्र लिन सक्छन् । बिरामी बिदा जस्तै महिनावारी बिदामा कामदारहरूले तलबको ५० प्रतिशत मात्र पाउने गरेका छन् ।

जाम्बियाः ’मदर्स डे’

जाम्बियाले २०१५ मा महिलाहरूले महिनावारीको समयमा महिनामा एक दिन बिदा बस्न पाइने कानुन बनाएको छ । महिनावारीको समयमा महिलाहरूले त्यहाँ कुनै सूचना नै नगरी बिदामा बस्न पाउने अधिकार रहेको छ ।  

ट्रेड युनियनबाट प्रोत्साहन पाएपछि महिलाहरूले आफ्नो अधिकारको प्रयोग गर्न थालेको बताइएको छ । 

कम्पनी पर्खिँदैनन् कानुनी बाध्यता

कतिपय विदेशी कम्पनी तथा संस्थाले महिलालाई महिनावारीको बिदा दिन कानुनी बाध्यता पर्खिरहेका छैनन् । तिनीहरूमा अष्ट्रेलियाको पेन्सन कोष फ्युचर सुपर, भारतीय खाना वितरण स्टार्टअप जोमाटो, र फ्रान्सेली फर्निचर फर्म लुइस समावेश छन् । जसले क्रमशः ६, १० र १२ अतिरिक्त दिनको पारिश्रमिक दिने गरेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १०:२६
Weather Update