नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाणलाई अख्तियारमा लगियो

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागबाट खाणलाई अख्तियारमा लगिएको हो ।
यसअघि शुक्रबार नै खाणसँग सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको थियो । शुक्रबार काठमाडौँ जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएर विभाग लगिएका खाणले विभागमा १५ लाख रकम बुझाएका छन् । त्यसपछि उनलाई अख्तियारमा लगिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १६:३१













