प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको मृत्यु

काठमाडौं— बारामा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।
प्रहरीको गोली लागेर घाइते भएका बारा सिम्रौनगढ नगरपालिका वडा नं १ नमसंग्राढाट २५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८० १७:३९