News Griha :: न्यूजगृह
रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनको नियन्त्रणमा
रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनको नियन्त्रणमा रुसी सेनामा गएका थप एक नेपाली युक्रेनी सेनाको नियन्त्रणमा परेका छन् । दाङका प्रतीक पुन युक्रेनी सेनाको कब्जामा परेका हुन् । कब्जापछि युक्रेनी सेनाले पुनको भिडिओ सार्वजनिक गरेको छ । रुसी सेनामा भर्ती भएपछि युद्ध गर्न गएर समातिएका पुन तेस्रा नेपाली हुन् ।
एम्बुलेन्समार्फत चरेस ओसारपसार, चालक पक्राउ 
एम्बुलेन्समार्फत चरेस ओसारपसार, चालक पक्राउ  प्रहरीले सोमबार बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालकलाई २ किलो ८ सय ग्राम चरेससहित पक्राउ गरेको हो । उक्त एम्बुलेन्स बझाङबाट बिरामी बोकेर धनगढी आएको थियो ।
बेइजिङमा उच्च हिमपात, सडक र हवाई यातायात प्रभावित
बेइजिङमा उच्च हिमपात, सडक र हवाई यातायात प्रभावित सोमबार बिहान ७ बजेसम्म बेइजिङका १८० भन्दा बढी बस रुटहरू बन्द भएका थिए । हिउँ सफा गर्न करिब ६३ हजार कामदारको व्यवस्था गरिएको छ र हिउँ हटाउने र सडकको बरफ हटाउन ६ हजार ६०० भन्दा बढी सवारी साधन र अन्य उपकरण लगाइएको छ । 
छोरासँगको रिसले आमाको हत्या गर्ने युवक पक्राउ
छोरासँगको रिसले आमाको हत्या गर्ने युवक पक्राउ इटहरी उपमहानगरपालिका–१२ खनारमा छोरासँगको रिस फेर्न उनकी आमाको हत्या भएको हो  । आइतबार २५ वर्षीय गणेश चौधरीले स्थानीय ५० वर्षीया भूमि चौधरीको छुरा प्रहार गरी हत्या गरेको उल्लेख गर्दै प्रहरीले छोरासँग पुरानो रिसइबीका कारण घटना भएको जनाएको छ । 
निलम्बित एमाले सांसद कोइरीलाई पक्राउ गर्न माग गर्दै पीडित परिवार काठमाडौंमा, न्याय नपाएसम्म नफर्किने
निलम्बित एमाले सांसद कोइरीलाई पक्राउ गर्न माग गर्दै पीडित परिवार काठमाडौंमा, न्याय नपाएसम्म नफर्किने निलम्बित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न माग गर्दै मृतक सशस्त्र प्रहरीका असई थमन बिकको परिवार काठमाडौं आएको छ । मृतक सशस्त्र प्रहरीका असई थमन बिककी पत्नी शोभा र भाउजू कमला काठमाडौं आएका हुन् ।  एमालेबाट चुनाव जितेका कोइरीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । 
जेलमा रहेकी नरगिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान
जेलमा रहेकी नरगिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।  नर्गिसको तर्फबाट उनका छोराछोरीले आइतबार नर्वेको राजधानीमा आयोजित एक समारोहमा यस वर्षको नोबेल शान्ति पुरस्कार ग्रहण गरेका हुन् । 
ठेक्का लिएर काम नगर्ने १२ कम्पनी कालोसूचीमा
ठेक्का लिएर काम नगर्ने १२ कम्पनी कालोसूचीमा सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने, पटकपटक ताकेता गर्दा पनि अटेर गर्ने कम्पनीलाई कालोसूचीमा राखेको हो । 
भारतीय भूमिमा विराटनगरका युवकमाथि गोली प्रहार
भारतीय भूमिमा विराटनगरका युवकमाथि गोली प्रहार विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो ।
जाजरकोट भूकम्पमा ९ करोड बराबरको खाद्यान्न क्षति
जाजरकोट भूकम्पमा ९ करोड बराबरको खाद्यान्न क्षति जाजरकोट जाजरकोट भूकम्पबाट नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट ९...
गाईघाटमा भीषण आगलागी, करोडौँको क्षति
गाईघाटमा भीषण आगलागी, करोडौँको क्षति आगलागी हुनासाथ त्रियुगा नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्न खोजे पनि आगो नियन्त्रणमा नआएपछि रौतामाई गाउपालिका र चौदण्डीगढी नगरपालिकाको दमकलबाट चार घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।
२९ तोला सुनसहित बर्दियाबाट २ जना पक्राउ
२९ तोला सुनसहित बर्दियाबाट २ जना पक्राउ शनिबार पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । पक्राउ परेकाहरूमाथि आवश्यक कारवाहीका लागि राजापुरस्थित भन्सार कार्यालय पठाइएको बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।  
अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै
अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमै राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो ...
Weather Update