News Griha :: न्यूजगृह
एम्बुलेन्समार्फत चरेस ओसारपसार, चालक पक्राउ 
फाइल तस्बिर ।

कैलाली—  धनगढीमा झण्डै तीन किलो चरेससहित एम्बुलेन्स चालक पक्राउ परेका छन् ।

प्रहरीले सोमबार बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालकलाई २ किलो ८ सय ग्राम चरेससहित पक्राउ गरेको हो । उक्त एम्बुलेन्स बझाङबाट बिरामी बोकेर धनगढी आएको थियो ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक बझाङको केदारस्युँ गाउँपालिका ३ का ३७ वर्षीय रामबहादुर खाती छन् । उनीविरुद्ध थप अनुसन्धान भइरहेको धनगढी प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १४:३३
Weather Update