News Griha :: न्यूजगृह
२९ तोला सुनसहित बर्दियाबाट २ जना पक्राउ

बर्दिया बर्दियाबाट प्रहरीले २९ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१९ राझाका २९ वर्षीय मोहन विक र राप्ती सोनारी गाउँपालिका-२ का ३८ वर्षीय देवेन्द्रबहादुर घर्ती छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दियाको कतरनियामा सवारी जाँच गर्ने क्रममा निजी कारमा सवा उनीहरु स्रोत नखुलेको २९ तोला बढी सुनसहित पक्राउ परेका हुन् ।

शनिबार पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । पक्राउ परेकाहरूमाथि आवश्यक कारवाहीका लागि राजापुरस्थित भन्सार कार्यालय पठाइएको बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।  

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०६:५२
Weather Update