News Griha :: न्यूजगृह
छोरासँगको रिसले आमाको हत्या गर्ने युवक पक्राउ

सुनसरी— साथीसँगको रिसइबीका कारण एक युवकले उनकी आमाको हत्या गरेको खुलेको छ ।

इटहरी उपमहानगरपालिका–१२ खनारमा छोरासँगको रिस फेर्न उनकी आमाको हत्या भएको हो  । आइतबार २५ वर्षीय गणेश चौधरीले स्थानीय ५० वर्षीया भूमि चौधरीको छुरा प्रहार गरी हत्या गरेको उल्लेख गर्दै प्रहरीले छोरासँग पुरानो रिसइबीका कारण घटना भएको जनाएको छ । 

प्रहरीले हत्या आरोपमा गणेशलाई पक्राउ गरेको छ । गणेशविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक भूमिका २६ वर्षका छोरा र हत्या आरोपमा पक्राउ परेका गणेश साथी हुन् । केही समयअघि भएको गाउँकै एक झगडा घटनापछि उनीहरूबीच बेमेल भएको र त्यही रिसमा हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १२:१७
Weather Update