पुटिनको मध्यपूर्व भ्रमणले कूटनीतिक क्षेत्र तरंगितआइतबार, मंसिर २४, २०८०

धादिङ केन्द्र भएर भूकम्प आइतबार, मंसिर २४, २०८० धादिङ केन्द्रबिन्दुभएर भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

सहोदर ठूलोबुबाको घरमा गोली प्रहार गरी एक करोड मागेपछि... शनिबार, मंसिर २३, २०८० ठूलोबुबाको घरमा गोली प्रहार गरेर एक करोड रुपैयाँ माग्ने ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका-९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री छन् । घटनाको योजनाकार निश्चल हुन् ।

थुनामुक्त भएपछि आचार्य श्रीनिवासले भने, 'म कुनै पार्टी वा व्यक्तिबाट सञ्चालित छैन' शनिबार, मंसिर २३, २०८० शनिबार पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लाग्ने गरेको आरोपको खण्डन गर्दै यस्तो बताएका हुन् । उनले देशमा कसैको राजनीतिक यात्रा सहज हुने गरी मौलिक धर्म संस्कृतिमाथि खेलबाड गर्ने ब्यवस्था र परिवेश आएको टिप्पणी गरे । यस विषयमा चिन्तित हुन जरुरी रहेको उनको भनाई छ ।
-1702107356.jpg)
पूर्वमा हिमपात, चिसो बढ्यो, जनजिवन प्रभावित शनिबार, मंसिर २३, २०८० मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ । हिमपात भएपछि चिसो बढेर लेकाली क्षेत्रको जनजिवन प्रभावित भएको छ । ताप्लेजुङको पाथीभरा र आसपास क्षेत्र, इलामको सन्दकपुर लगायत क्षेत्रमा हिमपात भएको हो ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, नागढुंगा सडक अवरूद्ध शनिबार, मंसिर २३, २०८० थानकोटमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध पारेका छन् । शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

बाइडेन पुत्रलाई आरोपै आरोप, आगामी राष्ट्रपति चुनावमा असर पर्ला? शनिबार, मंसिर २३, २०८० उनीमाथि डेलावेयरमा २०१८ मा बन्दुकको अवैध खरिदसँग सम्बन्धित तीनवटा अपराध र छवटा नयाँ दुराचारको आरोप पनि लगाइएको छ । दोषी ठहरिए ५३ वर्षीय हन्टरलाई अधिकतम १७ वर्षको जेल सजाय हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता शनिबार, मंसिर २३, २०८० विश्वका चर्चित नेताहरूको सूची सार्वजनिक हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै शीर्ष स्थानमा रहेका छन् । ७६ प्रतिशत अनुमोदन रेटिङका साथ उनी विश्वकै सबैभन्दा लोकप्रिय नेता बनेका छन् । यसअघि पनि उनी नै शीर्ष स्थानमा थिए ।

फुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति शनिबार, मंसिर २३, २०८० सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले राससलाई जानकारी दिए ।

लापसे गरी गाडी चलाउने ७ चालक प्रहरीको नियन्त्रणमा शनिबार, मंसिर २३, २०८० ट्राफिक प्रहरीले लागूपदार्थ सेवन (लापसे) गरी गाडी चलाउने सात जना चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौंको नागढुंगा चेकपोस्टमा शुक्रबार गरिएको चेकिङमा लापसे गरी गाडी चलाउने ७ जना चालकलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गाजा युद्धविरामको आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो शनिबार, मंसिर २३, २०८० सुरक्षा परिषद्का १३ सदस्यहरूले शुक्रबार संयुक्त अरब इमिरेट्सद्वारा पेस गरिएको सङ्क्षिप्त मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका थिए । अमेरिकाले भने भिटो प्रयोग गरेको थियो । बेलायत भने मतदानमा सहभागि नै भएन ।

आज पानी पर्ने सम्भावना छ ? शनिबार, मंसिर २३, २०८० अहिले लागेको बादल र हुस्सु/कुहिरो विस्तारै हट्दै जाने मौसमविद्को पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले अहिलेको अवस्था क्रमिक रुपमा सुधार हुँदै जाने र घाम लाग्ने बताए ।मौसमविद् पुडासैनीका अनुसार आज पानी पर्ने सम्भावना छैन । आजदेखि तीन दिनसम्म कोशी र गण्डकी प्रदेशका...

जुम्लाको न्यूनतम तापक्रम माइनसमा झर्यो, जाडोले जनजीवन प्रभावित शनिबार, मंसिर २३, २०८० जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।









