फुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति
फुङ्लिङ — ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा शनिबार बिहान एउटा घरमा आगलागी भएको छ । आगलागीबाट घर नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ ।
सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले राससलाई जानकारी दिए ।
फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८० १०:१९