आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छरिँदैसोमबार, मंसिर २५, २०८०

मौसम पूर्वानुमानः यी तीन प्रदेशमा हिमपातको सम्भावना सोमबार, मंसिर २५, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत अद्यावधिक गरेको छ ।

एनसेल शेयर खरिदबिक्री प्रकरणको छानबिन सुरु आइतबार, मंसिर २४, २०८० समितिले अध्ययन तथा छानबिनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघ, संस्था र व्यक्तिहरूसँग समेत आवश्यकता अनुसार छलफल गरी राय सुझाव लिने उल्लेख छ ।

बझाङमा करेन्ट लागेर एकको मृत्यु आइतबार, मंसिर २४, २०८० केदारस्युँ गाउँपालिका –१ बिलीका २५ वर्षीय रामकुमार भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो । शनिबार बिहान चौडामबगर नजिक पर्ने धामीराटी कुलोबाट गहुँ खेतमा पानी लगाउन गएका उनको करेन्ट लागेर मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए ।

एनसेलको शेयर बिक्रीविरुद्ध सांसद सिंहले दिएको रिट हेर्न नभ्याइनेमा आइतबार, मंसिर २४, २०८० सांसद सिंहले मलेसियाली कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको शेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई गरेको भनिएको बिक्री रोक्न माग गर्दै शुक्रबार रिट दायर गरेका हुन् । सोही रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको थियो ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएका अनुसन्धान विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २४, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ ।

लुक्ला जाँदै गरेको तारा एअरको आपतकालीन ढोकाको सिसा बाटोमै गायब ! आइतबार, मंसिर २४, २०८० काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एअरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ ।

किन भयो सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित? आइतबार, मंसिर २४, २०८० क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ । चितवनमा नेपाल बार एसोसिएसनको गोष्ठीका कारण कानुन व्यवसायी उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो । आइतबार लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा आइतबार, मंसिर २४, २०८० क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ । अन्तिम सुनुवाइका लागि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको हो ।

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद, तीन जना पक्राउ आइतबार, मंसिर २४, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए ।

हुम्लाका तीनवटा गाउँ प्राकृतिक लकडाउनमा आइतबार, मंसिर २४, २०८० लिमीका तिल, हल्जी र जाङ गाउँ छन् । स्थानीय हिमपातका कारण प्राकृतिक लकडाउनमा परेका छन् । सडकमा जमेको हिउँ पन्छाउने कार्य नभए आगामी वैशाख–जेठसम्म लिमी आवत जावतमा समस्या हुने जनाइएको छ । हिउँद भर्खर सुरु भएकाले हिउँ पर्ने समय अझै बाँकी छ । यसअघि नै गत कात्तिक अन्तिम साता लिमीको...

गाजामा भोकमरी बढ्दै, १० मध्ये नौ जनाले दैनिक खाना पाउँदैनन् आइतबार, मंसिर २४, २०८० गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राका अनुसार गाजा पट्टीमा अब कोही जान सक्ने कुनै सुरक्षित स्थान बाँकी छैन । संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारी र डब्ल्यूएफपीका उपनिर्देशक कार्ल स्काउले गाजाको आधा जनसंख्या भोकले मरिरहेको चेतावनी दिएका छन् ।

अर्घाखाँचीमा गिटी बोकेको ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु आइतबार, मंसिर २४, २०८० अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।









