News Griha :: न्यूजगृह
लुक्ला जाँदै गरेको तारा एअरको आपतकालीन ढोकाको सिसा बाटोमै गायब !

काठमाडौं— काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एअरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ ।

तारा एअरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो ।

उक्त जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा भने केही भएको थिएन ।  तर, जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन ।

जहाजमा दुई जना प्यासेन्जर पनि थिए । जहाज सकुशल अवतरण गरिएको छ ।  अवस्था सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १३:३६
Weather Update