News Griha :: न्यूजगृह
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ ।

अन्तिम सुनुवाइका लागि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको हो ।

यसअघि गत कात्तिक २३ गते जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेश भएपछि आइतबार सुनुवाइका लागि पेसी तोकिएको हो ।

अब दुवै पक्षले बहस नोटमा जिकिर लिएका विषयहरूलाई थप प्रष्ट पार्न अन्तिम सुनुवाइ गर्नेछन् । त्यसपछि न्यायाधीशले आफ्नो फैसला सुनाउने वा निर्णय सुनाउन अर्को पेसी तोक्न सक्नेछन् ।

आइतबार निर्णय सुनाउने आदेश भएमा भने पछि पनि आज पेसी परेका न्यायाधीशले नै फैसला गर्नुपर्नेछ । 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १०:५९
Weather Update