News Griha :: न्यूजगृह
ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ
ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ पक्राउ पर्नेमा पोखरा महानगरपालिका-६ का वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, लेकसाइड बैदामका ४१ वर्षीय विकास पहारी, बैदाम कै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल छन् ।
दुर्गा प्रसाईँको घाँटीमा समस्या, 'भ्वाइस रेस्ट'मा रहने
दुर्गा प्रसाईँको घाँटीमा समस्या, 'भ्वाइस रेस्ट'मा रहने देशव्यापी अभियानका क्रममा धेरै बोल्दा घाँटीमा समस्या देखिएकाले शल्यक्रिया गर्नुपरेको उनको सचिवालयले जनाएको छ ।
रिहा भए आचार्य श्रीनिवास
रिहा भए आचार्य श्रीनिवास मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुँदा उनलाई प्रहरीले गौशालाबाट गत मंसिर ११ मा पक्राउ परेका थिए । प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा श्रीनिवास पक्राउ परेका थिए । 
एनसेल बिक्री रोक्न माग गर्दै सांसद अमरेश सिंहले दिए सर्वोच्चमा रिट
एनसेल बिक्री रोक्न माग गर्दै सांसद अमरेश सिंहले दिए सर्वोच्चमा रिट सांसद सिंहले मलेसियाली कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई गरेको भनिएको बिक्री रोक्न माग गर्दै रिट दायर गरेका हुन् । आगामी आइतबार रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।
त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन २४ क्यारेटको   
त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन २४ क्यारेटको    भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन २४ क्यारेटकै भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो ।  भन्सार कार्यालयले उक्त सुन सहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको छ ।  
राज्य व्यवस्था समितिले प्रधानसेनापतिलाई बोलायो
राज्य व्यवस्था समितिले प्रधानसेनापतिलाई बोलायो फास्ट ट्र्याक लगायतका विषयमा छलफल गर्न समितिले आगामी मंसिर २७ गते प्रधानसेनापति शर्मालाई बोलाएको हो । यस्तै नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्नेसमेत समितिले जनाएको छ । 
रसुवा नाकाबाट भित्रिएको दुई किलो सुन नागढुङ्गाबाट बरामद, ३ जना पक्राउ 
रसुवा नाकाबाट भित्रिएको दुई किलो सुन नागढुङ्गाबाट बरामद, ३ जना पक्राउ  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नागढुङ्गाबाट दुई किलो सुन बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । उनका अनुसार, यो सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै थियो । विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए ।
१४ किलो सुनबारे छानबिन गर्न समिति गठन
१४ किलो सुनबारे छानबिन गर्न समिति गठन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।
सुन तस्करीः दुबईको भन्सारबाट कसरी छिर्छ सुन?
सुन तस्करीः दुबईको भन्सारबाट कसरी छिर्छ सुन? दुबईको बाटो भएर ठूलो परिमाणमा सुन ओसार्नेमा चिनियाँ यात्रीलाई गोरखाका चन्द्र बहादुरले उछिनेका छन् । चिनियाँ यात्री ली हानसोङले गत असोजमा फ्लाइ दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आउँदा ई–सिगरेट (भेप) भित्र राखेर ल्याएको करिब ९ किलो सुन छिराउने प्रयास गरेका थिए ।
इजरायलका मन्त्रीका छोरा गाजा युद्धमा मारिए
इजरायलका मन्त्रीका छोरा गाजा युद्धमा मारिए इजरायल–गाजा क्षेत्रमा जारी युद्धमा इजरायलका एक मन्त्रीका छोरा मारिएका छन् । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी आइसेनकोटका छोरा २५ वर्षीय मेजर गल गाजा युद्धमा मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो
नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा भर्ना खुलेको छ । यसैगरी मेकानिकल इन्जिनियर, अटोमोबाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा पनि भर्ना खुलेको छ ।
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले रहेका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । बिहीबार राति ११:५६ बजे फ्लाइ दुबईको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए ।
Weather Update