News Griha :: न्यूजगृह
राज्य व्यवस्था समितिले प्रधानसेनापतिलाई बोलायो

काठमाडौं— राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ ।

फास्ट ट्र्याक लगायतका विषयमा छलफल गर्न समितिले आगामी मंसिर २७ गते प्रधानसेनापति शर्मालाई बोलाएको हो । यस्तै नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्नेसमेत समितिले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:३५
Weather Update