News Griha :: न्यूजगृह
त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन २४ क्यारेटको   

काठमाडौं— त्रिभुवन विमानस्थलबाट बरामद सुन २४ क्यारेटको रहेको पुष्टि भएको छ ।

भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन २४ क्यारेटकै भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो ।  

भन्सार कार्यालयले उक्त सुन सहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको छ ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १८:२९
Weather Update