News Griha :: न्यूजगृह
रुसी सेनामा भर्ती गराउने भन्दै नेपालीलाई ठग्ने गिरोहका १२ जना सार्वजनिक
रुसी सेनामा भर्ती गराउने भन्दै नेपालीलाई ठग्ने गिरोहका १२ जना सार्वजनिक नेपालीलाई रुसी सेनामा भर्ती गराइदिन्छौं भन्दै ठगी गर्ने गिरोहका १२ जनालाई काठमाडौं प्रहरीले बुधबार सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीका अनुसार छानबिनपछि विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।
कवाडी गोदाममा आगलागी, २ कामदारको मृत्यु
कवाडी गोदाममा आगलागी, २ कामदारको मृत्यु विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
डेढ किलो गाँजासहित २ जना पक्राउ
डेढ किलो गाँजासहित २ जना पक्राउ जिल्लाको पोखरा महानगरपालिका–१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका– १४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शिक्षकले विद्यार्थीलाई निर्घात कुटे, आक्रोशित स्थानीयले विद्यालयमा ताला लगाए  
शिक्षकले विद्यार्थीलाई निर्घात कुटे, आक्रोशित स्थानीयले विद्यालयमा ताला लगाए   जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजिकुमार आचार्यले कुटपिट गर्नेविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए । कुटपिट गर्ने शिक्षक फरार छन् ।
न्युरोडबाट करिब ७ किलो सुन बरामद [अपडेट]
न्युरोडबाट करिब ७ किलो सुन बरामद [अपडेट] सुनसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ ।  पाण्डेको न्युरोडमा सुन गाल्ने कारखाना छ । 
सुन गाल्ने कारखानामा प्रहरीको छापा, सुन बरामद, १ जना पक्राउ 
सुन गाल्ने कारखानामा प्रहरीको छापा, सुन बरामद, १ जना पक्राउ  गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्ल गोल्ड प्रालिमा छापा मारेको हो । सो क्रममा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कारखाना सञ्चालक कैलालीका ४१ वर्षीय पदमप्रसाद पाण्डे छन् । 
कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुल्यो
कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुल्यो राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ ।  रजिस्ट्रेसन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडसिटको प्रतिलिपि संलग्न गर्नुपर्ने बोर्डले जनाएको छ ।
मिचाउङ सामुद्रिक आँधीको प्रभाव नेपालमा, वर्षाको सम्भावना छ?
मिचाउङ सामुद्रिक आँधीको प्रभाव नेपालमा, वर्षाको सम्भावना छ? हाल नेपालमा पश्चिमी वायुको साथै आन्ध्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका साथै  देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ...
नेपाली युवालाई रूसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ
नेपाली युवालाई रूसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ  प्रहरीले नेपालीलाई अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन रुस पठाउने गिरोहका १२ जनालाई पक्राउ गरेको छ ।  काठमाडौंको विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी प्रहरी स्रोतले दाबी छ । स्रोतले भन्यो, 'हालसम्म १२ जना पक्राउ परेका छन् । अझै अनुसन्धान र खोजी जारी छ ।'
किन आक्रोशित भए प्रधानसेनापति शर्मा ?
किन आक्रोशित भए प्रधानसेनापति शर्मा ? नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आफू सङ्गठनप्रति कटिबद्ध रहेको बताएका छन् । गण र गुल्मका कमान्डरका लागि मंगलबार जंगी अड्डामा आयोजित ओरिएन्टेसन कार्यक्रममा शर्माले व्यक्तिगत स्वार्थलाई लिएर संगठन प्रतिकुल गतिविधि गर्नेलाई कारबाही हुने चेतावनी दिए ।
क्रोएसिया पठाउने भन्दै १५० जनाबाट १२ करोड ठगी, ठगिनेहरू अधिकांश युवायुवती
क्रोएसिया पठाउने भन्दै १५० जनाबाट १२ करोड ठगी, ठगिनेहरू अधिकांश युवायुवती काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूलाई ठग्ने ठूलो गिरोह नै सक्रिय भएको भन्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । १५० जनाभन्दा धेरैबाट रानामगरको गिरोहले १२ करोडभन्दा धेरै ठगेको पीडितको दाबी छ । 
टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’
टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’ टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतमा आजबाट सुरु हुने भनिएको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।  गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दर्ता भएका थिए...
Weather Update