News Griha :: न्यूजगृह
क्रोएसिया पठाउने भन्दै १५० जनाबाट १२ करोड ठगी, ठगिनेहरू अधिकांश युवायुवती

काठमाडौं क्रोएसिया लैजाने भन्दै सुर्खेतका रिदम भनिने कृष्णबहादुर रानामगरले १२ करोडभन्दा धेरै रकम ठगी गरेको भन्दै पीडितहरूले न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूलाई ठग्ने ठूलो गिरोह नै सक्रिय भएको भन्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । १५० जनाभन्दा धेरैबाट रानामगरको गिरोहले १२ करोडभन्दा धेरै ठगेको पीडितको दाबी छ । 

ठगिनेहरू अधिकांश युवायुवतीहरू रहेको बताइएको छ  । क्रोएसिया पठाइदिने भन्दै आफूहरूसँग जनही ७ देखि ९ लाखको दरले रकम असुली गरेको पीडित बलराम पराजुलीले बताए । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:२३
Weather Update