News Griha :: न्यूजगृह
डेढ किलो गाँजासहित २ जना पक्राउ

कास्की— कास्कीमा अवैध लागूऔषध डेढ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । 

जिल्लाको पोखरा महानगरपालिका–१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका– १४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरपालिका–१४ नयाँपुलबाट एक जनाको साइकल खोसी लगेको भन्ने गोप्य सूचनाको आधार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उक्त साइकल र  पूर्ण तामाङको कोठाबाट उक्त मात्रामा गाँजा गरी दुवै जनालाई नियन्त्रणमा नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १५:२४
Weather Update