आजको मौसम : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुशुक्रबार, मंसिर २२, २०८०

कलाकार प्रकाश ढकाल मृत भेटिएको घटनामा चारजना पक्राउ बिहीबार, मंसिर २१, २०८० जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार ढकाललाई बेनिघाट-रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरको सडकमा रातिको समयमा अलपत्र छाडेर हिँड्ने बस चालकसहित चारजनालाई पक्राउ गरिएको हो ।

काठमाडौं महानगरमा प्लास्टिकका क्रिसमस-ट्री राख्न नपाइने बिहीबार, मंसिर २१, २०८० बिहीबार महानगरपालिकाले महानगर क्षेत्रभित्र कुनै पनि प्लास्टिकका क्रिसमस-ट्री सजावट गरी वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरी बलका नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए ।

अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ बिहीबार, मंसिर २१, २०८० रमेशले गणेश अधिकारीसमेत ५ लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ४५ लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ६४ लाख ४५ हजार रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य तीन नाइकेको सरुवा बिहीबार, मंसिर २१, २०८० सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई कारागार कार्यालय नख्खुमा सरुवा गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए । भण्डारी र दुलाललाई केही समयअघि नै सरुवा गरिएको थियो । उच्च अदालतले पुर्पक्षमा नै राख्न आदेश गरेपछि शर्मालाई पनि नख्खु चलान गरिएको हो ।

नक्कली भुटानी शरणार्थी : सन्दीप रायमाझीसहित ६ जना रिहा बिहीबार, मंसिर २१, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए ।

अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारको निर्णय बिहीबार, मंसिर २१, २०८० मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा/नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

काठमाडौंमा बिहानैदेखि बदली, पानी पर्ने सम्भावना छ? बिहीबार, मंसिर २१, २०८० काठमाडौंमा बिहानैदेखि मौसम बदली भएको छ । बादल लागेका कारण घाम लागेको छैन ।

कवाडी गोदाममा आगलागी : मृत्यु हुनेको संख्या तीन पुग्यो, आगलागीको कारण चुरोट बिहीबार, मंसिर २१, २०८० विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार दिउँसो आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । काठमाडौंमा उपचारका क्रममा सुनिता कामतको मृत्यु भएको हो । आगलागीमा परी घाइते भएका ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । कामतको बुधबार राति ८:२५ मा उपचारकै क्रममा मृत्यु भएको हो ।

बीआरआई परियोजनाबाट बाहिरियो इटाली बिहीबार, मंसिर २१, २०८० इटालीले आधिकारिक रूपमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना छोडेको छ । इटाली पहिलो पटक सन् २०१९ मा यस परियोजनामा सामेल भएको थियो । यो परियोजना मार्च २०२४ मा सकिँदै थियो । इटालीले यस अवधिभन्दा तीन महिनाअघि चीनलाई सूचना दिएको थियो ।

अमेरिकाको लसभेगासमा गोली चल्दा ३ जनाको मृत्यु, आक्रमणकारी पनि मारिए बिहीबार, मंसिर २१, २०८० प्रहरी कारबाहीमा सन्दिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन । लसभेगास शहरको प्रहरीले बुधबार बिहान भएको यो घटनाबारे सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको हो ।

पशुपतिनाथ मन्दिर आसपास एक साताका लागि मासु तथा मदिरा बिक्री र सेवनमा रोक बिहीबार, मंसिर २१, २०८० जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागू हुने जनाएको छ ।

एमाले नेता ऐन महरको भाइलर संवाद : साइबर ब्युरोमा उजुरी बुधबार, मंसिर २०, २०८० नेकपा एमाले नेता तथा केन्द्रीय सदस्य ऐन महर र एक महिलाबीच भएको अडिओ संवादको अडिओ प्रकरण प्रहरीको साइबर ब्युरोमा पुगेको छ । महर जोडिएको एउटा अडिओ सामाजिक सञ्जालमा केहिदिनदेखि भाइरल छ ।









