
काठमाडौं— वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै ६४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका १ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने वर्ष २८ को रमेश न्यौपाने रहेका छन् ।
रमेशले गणेश अधिकारीसमेत ५ लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ४५ लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ६४ लाख ४५ हजार रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रमेशको खोजी गर्ने क्रममा बिहीबार नयाँबानेश्वर सिभिल अस्पतालबाट पक्राउ गरेको हो ।
थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ ।













