अमेरिकाको लसभेगासमा गोली चल्दा ३ जनाको मृत्यु, आक्रमणकारी पनि मारिए

काठमाडौं— अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।
प्रहरी कारबाहीमा सन्दिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन । लसभेगास शहरको प्रहरीले बुधबार बिहान भएको यो घटनाबारे सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको हो ।
गोली चल्नुको कारण खुलेको छैन । प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको र कुनै खतरा नरहेको जनाएको छ । ह्वाइट हाउसले पनि लसभेगासको स्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ ।
सन् २०१७ मा पनि अमेरिकाको लसभेगासमा एक बन्दुकधारीले गोली चलाउँदा ८ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८० ०७:५२













