काठमाडौंमा बिहानैदेखि बदली, पानी पर्ने सम्भावना छ?

काठमाडौं— काठमाडौंमा बिहानैदेखि मौसम बदली भएको छ । बादल लागेका कारण घाम लागेको छैन ।
‘आज बिहानैदेखि बादल लागिरहेको छ । बादल लागे पनि पानी भने काठमाडौंमा पर्ने सम्भावना छैन,’ मौसमविद् गङ्गा नगरकोटी भन्छिन्, ‘केही समय घाम लाग्ने भए पनि आज धेरजसो समय बादलले नै ढाक्ने छ ।’

काठमाडौं उपत्यकासँगै कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म आज बादल लागेको उनले जानकारी दिइन् । भोलिबाट भने मौसममा सुधार हुने उनको भनाइ छ ।
‘पश्चिमी वायु र भारतको छत्तिसगढमा बनेको न्यूनचापीय प्रणालीका कारण नेपालको मौसममा बदली भएको हो,’ मौसमविद् नगरकोटीले भनिन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८० १०:४७













