अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं— मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा/नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
जङ्गी अड्डाले मङ्सिर १७ मा उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । जङ्गी अड्डाले मङ्सिर ८ मा उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो ।
यसअघि बढुवा सिफारिसका लागि जङ्गी अड्डाले सूचना निकालेपछि उपरथी ताराध्वज पाण्डेको उमेर विवाद सतहमा आएपछि उनले राजीनामा दिए ।
पाण्डेको राजीनामा यसअघि नै मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । रथीमा बढुवा भएसँगै प्रभुराम शर्मापछि सिग्देल प्रधानसेनापति हुने निश्चित भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८० ११:४१













