News Griha :: न्यूजगृह
नेपाली सेनाका उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं— नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागू हुनेगरि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसैगरी ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिना अगाडि नै राजीनामा दिएका थिए । उनले पनि आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको र त्यसलाई आजको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री शर्माले बताइन् ।    

 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:००
Weather Update