नेपाली सेना
प्रधानसेनापतिको रोलक्रममा रहेका उपरथी पाण्डेले दिए राजीनामा

काठमाडौं— नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् ।
उच्च सैनिक स्रोतका अनुसार उनले बिहीबार राजीनामा दिएका हुन् । पाण्डे सेनाको शक्तिशाली मानिने युद्धकार्य महानिर्देशनालयका प्रमुख थिए ।
पाण्डेको नागरिकतामा उमेर सच्याएको उजुरी परेको थियो । सैनिक मुख्यालयले उनको नागरिकतामा जन्म मिति सच्याएको विषयमा छानबिन शुरु गरेपछि उनले राजीनामा दिएका स्रोतले बतायो । वर्तमान प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल सकिएलगत्तै उनी प्रधानसेनापतिको लाइनमा थिए ।
गत असोज ३० मा उपरथी पाण्डे रथी पदमा बढुवाका लागि सिफारिस भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८० १३:३२