News Griha :: न्यूजगृह
एमाले नेता ऐन महरको भाइलर संवाद : साइबर ब्युरोमा उजुरी  

काठमाडौं— नेकपा एमाले नेता तथा केन्द्रीय सदस्य ऐन महर र एक महिलाबीच भएको अडिओ संवादको अडिओ प्रकरण प्रहरीको साइबर ब्युरोमा पुगेको छ । महर जोडिएको एउटा अडिओ सामाजिक सञ्जालमा केहिदिनदेखि भाइरल छ ।

एक महिला र महरबीच भएको भनिएको अन्तरंग संवाद सामाजिक सञ्जालमार्फत बाहिर आएको हो ।आफूसँग सम्बन्धमा रहेको भनिएकी ती महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ । सार्वजनिक अडिओमा महरले ती महिलासँग सम्बन्ध रहेको तर आगामी दिनमा परिवारसँग मिलेर बस्न तर ‘डिभोर्स’ नगर्न अनुरोध गरेका छन् ।

महिलाले दुई जनाबीचमा शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न महरले आनाकानी गरेको भन्दै आक्रोश पोखेकी छन् । बझाङबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका महरले भने उक्त अडिओ फेक भएको दाबी गर्दै आएका छन् । 

यस विषयमा पीडित भनिएकी महिलाले पनि उक्त अडिओ झुटो भएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले आफ्नो आवाजलाई कृत्रिम रुपमा सम्पादन गरेर उक्त अडिओद्वारा चरित्र हत्या गरेको दाबी गरेकी छन् । उनले उक्त कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न आग्रह गर्दै ब्युरोमा निवेदन दिएकी हुन् । उनले दिएको निवेदन आफ्नो फेसबुक मै राखेकी छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १९:४०
Weather Update