News Griha :: न्यूजगृह
साथीको अश्लील भिडिओ बनाएर ब्ल्याकमेल गर्ने किशोर पक्राउ

पोखरा—  उमेर १६ वर्ष । किशोरीको पनि एउटै उमेर, एउटै कक्षा ।

आफ्नै साथीले नक्कली फेसबुक आईडी बनाएर नक्कली अश्लील भिडिओ बनाउन थाले । बेलाबेलामा किशोरीको फोटो र भिडिओ पठाएर फेसबुकमा पोस्ट गर्ने धम्की पनि दिए ।

पोखरा-२७ बस्ने किशोरले फेक आईडीबाट गरेको हर्कतको उजुरी कास्की प्रहरीसम्म पुग्यो । प्रहरीले अनुसन्धान गर्दै गयो, अन्ततः किशोर पक्राउ परे । उनले किशोरीको तस्बिर र भिडिओ उनका आफन्तलाई पठाइदिने भन्दै ब्ल्याकमेल गरेका थिए । 

बेइज्जत गरिदिन्छु भनेपछि मानसिक यातना बढ्यो । किशोरीले परिवारलाई जानकारी गराएपछि घटना प्रहरी कार्यालयसम्म पुग्यो । प्रहरीले २ थान मोबाइलसहित किशोरलाई पक्राउ गरेको छ ।

विद्युतीय कारोबार ऐन कसुर अन्तर्गत साइबर अपराध मुद्दामा उनलाई जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०७:४७
Weather Update