News Griha :: न्यूजगृह
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ
बरामद सुन

काठमाडौं— भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले रहेका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

Prabhu Bank

बिहीबार राति ११:५६ बजे फ्लाइ दुबईको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए ।

सुराकीको आधारमा भन्सार प्रमुख डा. टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति उक्त परिमाणको सुन बरामद गरेको हो ।  

चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुम्वाराहीबाट पक्राउ गरिएको हो । घटनामा अन्य  व्यक्ति पनि संलग्न हुनसक्ने बारे अनुसन्धान भइरहेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०६:५४
Weather Update