News Griha :: न्यूजगृह
सुन तस्करीः दुबईको भन्सारबाट कसरी छिर्छ सुन?

काठमाडौं— दुबईको बाटो भएर ठूलो परिमाणमा सुन ओसार्नेमा चिनियाँ यात्रीलाई गोरखाका चन्द्र बहादुरले उछिनेका छन् ।

चिनियाँ यात्री ली हानसोङले गत असोजमा फ्लाइ दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आउँदा ई–सिगरेट (भेप) भित्र राखेर ल्याएको करिब ९ किलो सुन छिराउने प्रयास गरेका थिए । 

Prabhu Bank

गोरखाका चन्द्र बहादुर घलेले हिजोमात्रै १४ किलो सुन ल्याएका थिए तर उनी पनि सुन बोकेर गन्तव्यसम्म पुग्न सफल हुन पाएनन् ।  

दुवैजनाले दुबईबाट सुन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको आँखा छल्ने असफल प्रयास गरेका थिए। घले बिहीबार मध्यरातमा ठूलो परिमाण सुन सहित समातिएका थिए । 

असोजमा पक्राउ परेका चिनियाँ नागरिक दावो जिन वाङका सवारी चालक लोकेन्द्र पौडेल थिए। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको थियो। घलेलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ । 

सुन आउँदै छ भन्ने सूचना पाएपछि भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल आफैं राती विमानस्थलमा पुगेका थिए। अवैध रूपमा सुन आउने सुराकी पाएपछि एक हप्तादेखि निगरानी गरेकोमा धेरै मेहनत पछि सुन समात्न सफल भएको पौडेलले बताएका छन् । 

दुबई भन्सारबाट कसरी ठूलो परिमाणको सुन छिराएर ल्याए भन्ने विषयमा भने आशङ्का उब्जिएको भन्सार अधिकारी बताउँछन् । गएको साउन ३ गते विमानस्थलमा ६१ किलो सुन बरामद भएपछि भन्सार विभागले विशेष संयन्त्रमार्फत नियमित निगरानी गरिरहेको छ ।   

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०९:५५
राजनीति
विशेष
Weather Update