-1702007673.jpg)
काठमाडौं— इजरायल–गाजा क्षेत्रमा जारी युद्धमा इजरायलका एक मन्त्रीका छोरा मारिएका छन् ।
पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा २५ वर्षीय मेजर गल गाजा युद्धमा मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
मेजर इसेनकोट सुरुङको सफ्ट विस्फोटबाट गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इसेनकोट ‘सच्चा नायक’ भएको भन्दै उनको मृत्युले आफू र उनकी श्रीमतीको मन टुटेको बताएका छन् ।
‘हाम्रा नायकहरू व्यर्थमा परेका छैनन् । हामी विजयी नभएसम्म लडाइँ जारी राख्नेछौं’, प्रधानमन्त्री नेतन्याहुले भने । ६३ वर्षीय गाडी इसेनकोट, सन् २०१५–१९ सम्म इजरायलको चिफ अफ द जनरल स्टाफको रूपमा सेवा गरेका लडाइँमा खटिएका सेवानिवृत्त जनरल हुन् ।
राष्ट्रिय एकता पार्टीका एक सांसद उनी ७ अक्टोबरमा हमासले इजरायलमा हमला गरेपछि स्थापित श्री नेतन्याहूको आपतकालीन सरकारको वर्तमान सदस्य बनेका थिए । इजरायलले गाजामा हवाइ बमबारी र भूमि आक्रमण सुरु गरेको जारी राखेको छ ।
जसमा अहिलेसम्म १७,००० भन्दा बढी मानिसको मृत्यु नभएको जनाइएको । मारिनेमा अधिका सर्वसाधारण नागरिक छन् । आक्रमणपछि हजारौं मानिस भग्नावशेषमा बेपत्ता भएका छन् । एजेन्सी













