News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।

Prabhu Bank

gold-(2)-1702023422.jpg

बिहीबार राति करिब १४ किलो सुन सहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए । बिहीबार राति दुबईबाट आएका चन्द्र घलेको साथबाट करिब १४ किलो सुन बरामद भएको थियो ।

सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ भने घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेले बताए ।  

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:४७
Weather Update