News Griha :: न्यूजगृह
दुर्गा प्रसाईँको घाँटीमा समस्या, 'भ्वाइस रेस्ट'मा रहने

काठमाडौं— गणतन्त्रविरोधी अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईँको घाँटीमा समस्या देखिएको छ ।

देशव्यापी अभियानका क्रममा धेरै बोल्दा घाँटीमा समस्या देखिएकाले शल्यक्रिया गर्नुपरेको उनको सचिवालयले जनाएको छ ।

झापास्थित प्रसाईँ स्वामित्वको बीएन्डसी अस्पतालमा शल्यक्रिया हुन लागेको हो । अब उनी ९ दिनसम्म नबोल्ने चिकित्सकहरूले बताएका छन् ।

चिकित्सकका अनुसार, प्रसाईँको घाँटीमा ग्रन्थीसम्बन्धी समस्या रहेको र यसअघि पनि शल्यक्रिया भएको थियो ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  २०:२८
Weather Update