गाईघाटमा भीषण आगलागी, करोडौँको क्षति

उदयपुर— उदयपुरको सदरमुकाम गाईघाटमा भीषण आगलागी हुँदा करोडौँको क्षति भएको छ ।
त्रियुगा नगरपालिका ११ स्थित त्रियुगा नमुना माध्यमिक विद्यालयको पछाडि रहेको मोटरसाइकल ग्यारेजबाट आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी हुनासाथ त्रियुगा नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्न खोजे पनि आगो नियन्त्रणमा नआएपछि रौतामाई गाउपालिका र चौदण्डीगढी नगरपालिकाको दमकलबाट चार घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८० ०७:०२













